नियम ११
पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृया
(१) आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृया आयोगले तोके बमोजिम हुनेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि आयोगले विशेषज्ञ सहितको समिति गठन गर्न सक्नेछ ।
(३) आयोगले निर्धारित पाठ्यक्रममा कुनै संशोधन गरेमा परीक्षाको मिति भन्दा तीन महिना अगावै त्यसको सूचना प्रकाशन गर्नु पर्नेछ ।